काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा ५ सय ३८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।
मंगलबार संक्रमण पुष्टि भएकाहरुमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १, सुनसरीका ३ र सप्तरीका २ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका १, तेह्रथुमका २ र झापा ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ जना, मोरङका जना छन् ।
त्यस्तै राजविराजस्थित प्रयोगशालामा सप्तरीका १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका १२ र सप्तरीका ३ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका २, अर्घाखाँचीका २, बागलुङका ६, बझाङका १९, बाजुराका २०, डडेल्धुराका १, धादिङका १८, गोरखाका १३, गुल्मीका ३, कैलालीका १६, कञ्चनपुरका ९, कास्कीका ७, नवलपरासी पूर्वका २१, पर्वतका २१, प्यूठानका ५, रौतहटका १३, रुपन्देहीका १, सर्लाहीका २, सिरहाका ७, स्याङजाका ९ र तनहुँका १ जनामा कोरोना पाइएको छ।
यस्तै, किट रोग अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा धनुषाका ३९ छन् भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गोरखाका १६, स्याङजाका ६, बागलुङका ८, कास्कीका १, लमजुङका ५, नवलपरासी पूर्वका १, तनहुँका ७, स्याङजाका ७ र पर्वतमा १ जना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
प्रादेशिक स्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २, पाल्पाका ४८, रुपन्देहीका २ र प्यूठानका ४५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १९, सुर्खेत प्रयोगशालामा सल्यानका ४, सुर्खेतका २३ जना , दैलेखका १५ जना र हुम्लाका १जना संक्रमित भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै कर्णाली स्वास्थ्य विज्ञान जुम्ला प्रयोगशालामा कालीकोटका १ र दैलेखका १९ जना कोरोना भेटिएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा अछामका ५, बझाङका ३ र डडेल्धुराका ३, कैलालीका २२ र कञ्चनपुरका ८ जना कोरोना संक्रमित पाइएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै ८९ महिला २ हजार ३५ पुरुष गरी २ हजार २ सय ३४ जना डिस्चार्ज भएको छन् ।
त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ जना पुगेको छ ।




















