काठमाडौं । शुक्रबार १७० जना नयाँ संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमितहरुको संख्या १२ सय १२ पुगेको छ ।
शुक्रबार थपिएका १७० जना कोरोना संक्रमित मध्ये कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २८ जना, धरानको प्रयोगशालामा सप्तरीका ४ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ४ जना र पर्साका ५ जना रहेका छन् ।
त्यस्तै ललितपुरमा रहेका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। उनको पाटन अस्पतालमा परीक्षण भएको थियो।
गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १० जनामा कोरोना पोजेटिभ आएको छ। भरतपुरको प्रयोगशालामा कपिलवस्तुका ४ र नवलपरासी पूर्वका २ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयले पुष्टि गरेको हो।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा ८४ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ। उनीहरू कपिलवस्तु २३, रौतहटका ५६ र सर्लाहीका ४ जना रहेका छन्।
यस्तै रुपन्देही प्रादेशिक अस्तपालमा पनि १६ जनामा कोरोना संक्रमण भेटिएको छ। उनीहरु कपिलवस्तुका १५ जना र रुपन्देहीका १ जना रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिएका हुन्। यस्तै राप्ती अस्पतालको प्रयोगशालमा दाङका २ जना र कपिलवस्तुका ९ जनाको रिपोर्ट पोजेटिभ आएको समेत उनले जानकारी दिए। हालसम्म ११०३ पुरुष र १०९ महिला कोरोना संक्रमित भएका छन्।
हालसम्म नेपालका ५३ जिल्लामा कोरोना भाइरस फैलिसकेको छ । हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा ४ सय ९० जना पुगेका छन्। त्यसपछि प्रदेश नं. ५ मा ४ सय ३३ जना संक्रमित रहेका छन्। त्यस्तै प्रदेश १ मा १ सय ५७ जना कोरोना संक्रमित रहेका छन्।
त्यस्तै वागमती प्रदेशमा ४४ जना, गण्डकीमा २०, कर्णालीमा ४७, सूदुरपश्चिमा २१ जना संक्रमित रहेका न् ।
पछिल्लो २६ घण्टामा नेपालमा सवैभन्दा धेरै अर्थात १७० थप जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले दिएको जानकारी अनुसार १२१२ संक्रमित मध्ये २०६ जना पूर्णारुपमा निको भएर डिस्चार्ज भइसकेका छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ ।




















