काठमााडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो एकै दिनमा संक्रमण पुष्टि भएको हालसम्मकै धेरै हो । यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक सय १४ जना संक्रमित पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २८ जना उपचारपछि निको भएर डिस्चार्ज भएको प्रवक्ता देवकोाले वताएका छन् ।
नारायणी अस्पताल वीरगन्जबाट २१, कोशी अस्पतालबाट ४, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन्। योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १८१ पुगेको प्रवक्ता देवकोटाले बताएका छन् । त्यस्तै नेपालका ४७ जिल्लामा कोरोना संक्रमण देखिएको छ। नेपालमा हालसम्म कोरोनाका कारण चार जनाको मृत्यु भइसकेको छ ।



















