जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५४ लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९९ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार १८३ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २६९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ६२ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ६७५ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ३६ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९८ हजार ६८३ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ७३५, फ्रान्समा २८ हजार ३३२, स्पेनमा २८ हजार ६७८, बेल्जियममा ९ हजार २३७, जर्मनीमा ८ हजार ३६६ र नेदरल्यान्ड्मा ५ हजार ८११ जनाको मृत्यु भएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २२ हजार १६५ जनाको मृत्यु भएको छ । यसैगरी, इरानमा ७ हजार ३५९, मेक्सिकोमा ७ हजार १७९, क्यानाडामा ६ हजार ३५५ र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
| क्र.सं. | महादेश | कूल संक्रमित | निको भएका | कूल मृत्यु |
| विश्वभर | ५४,१८,४९५ | २२,५४,४०६ | ३,४४,२०६ | |
| १. | युरोप | १८,९५,२७२ | ८,६९,३९४ | १,६९,४५३ |
| २. | उत्तर अमेरिका | १८,५५,८११ | ५,५४,१८४ | १,१३,४७४ |
| ३. | एसिया | ९,४१,२३२ | ५,४७,०२२ | २७,११२ |
| ४. | दक्षिण अमेरिका | ६,०७,०१७ | २,३०,८६१ | ३०,७५२ |
| ५. | अफ्रिका | १,०९,७२० | ४४,२२९ | ३,२७७ |
| ६. | ओसेनिया(अस्ट्रेलिया) | ८,७२२ | ८,०६५ | १२३ |
दक्षिण एसियाली मुलुकहरु
| १. | भारत | १,३१,९२० | ५४,४४१ | ३,८६९ |
| २. | पाकिस्तान | ५४,६०१ | १७,१९८ | १,१३३ |
| ३. | बंगलादेश | ३२,०७८ | ६,४८६ | ४५२ |
| ४. | अफगानिस्तान | १०,५८२ | १,०७५ | २१८ |
| ५. | श्रीलंका | १,०८९ | ६६० | ९ |
| ६. | माल्दिभ्स | १,३१३ | १२८ | ४ |
| ७. | नेपाल | ५८४ | ७० | ३ |
| ८. | भुटान | २४ | ६ | – |

























