जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ३९३ कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार २९३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९७ हजार ६५५ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ६१६, फ्रान्समा २८ हजार २८९, स्पेनमा २८ हजार ६२८, बेल्जियममा ९ हजार २१२, जर्मनीमा ८ हजार ३५२ र नेदरल्यान्ड्मा ५ हजार ७८८ जनाको मृत्यु भएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २१ हजार ११६ को मृत्यु भएको छ । यहाँ एकै दिन ९६६ जनाको ज्यान गएको छ । यसैगरी, इरानमा ७ हजार ३००, मेक्सिकोमा ६ हजार ९८९, क्यानाडामा ६ हजार २५० र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
| क्र.सं. | महादेश | कूल संक्रमित | निको भएका | कूल मृत्यु |
| विश्वभर | ५३,०६,९२८ | २१,६०,५३० | ३,४०,०७२ | |
| १. | युरोप | १८,६८,२३७ | ८,४९,१८० | १,६८,४२६ |
| २. | उत्तर अमेरिका | १८,२८,३६० | ५,०७,२०७ | १,१२,१३१ |
| ३. | एसिया | ९,१४,५४३ ५ | ३३,४७९ | २६,७१२ |
| ४. | दक्षिण अमेरिका | ५,८०,०७१ | २,१८,७३८ | २९,४४४ |
| ५. | अफ्रिका | १,०५,८४५ | ४२,८८१ | ३,२०४ |
| ६. | ओसेनिया(अस्ट्रेलिया) | ८,७१९ | ८,०५० | १२३ |
दक्षिण एसियाली मुलुकहरु
| १. | भारत | १,२५,१४९ | ५१,८२४ | ३,७२८ |
| २. | पाकिस्तान | ५२,४३७ | १ ,६५३ | १,१०१ |
| ३. | बंगलादेश | ३०,२०५ | ६, १०९ | ४३२ |
| ४. | अफगानिस्तान | ९,२१६ | ९९६ | २०५ |
| ५. | श्रीलंका | १,०६८ | ६२० | ९ |
| ६. | माल्दिभ्स | १,२७४ | १०९ | ४ |
| ७. | नेपाल | ५४८ | ७० | ३ |
| ८. | भुटान | २४ | ६ | – |
(रासस–एएफपी)

























