जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३१४ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख २४ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार १८६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७७२ जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ६३० जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८५ हजार १९७ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १९५, स्पेनमा १८४ र फ्रान्समा ८३ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार १५८ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ७५४ जनाको ज्यान गएको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
| क्र.सं. | महादेश | कूल संक्रमित | निको भएका | कूल मृत्यु |
| विश्वभर | ४४,३०,२४२ | १६,६१,५३६ | २,९८,१८३ | |
| १. | युरोप | १६,९६,३९१ | ७,०५,३२१ | १,५७,३८२ |
| २. | उत्तर अमेरिका | १५,७२,३१९ | ३,८५,३२४ | ९५,७७० |
| ३. | एसिया | ७,२१,७९२ | ४,०७,६६६ | २३,२६९ |
| ४. | दक्षिण अमेरिका | ३,५६,४५५ | १,२७,९१८ | १९,१२१ |
| ५. | अफ्रिका | ७३,९७४ | २६,२५० | २,५०७ |
| ६. | ओसेनिया(अस्ट्रेलिया) | ८,५९० | ७,८०६ | ११९ |
दक्षिण एसियाली मुलुकहरु
| १. | भारत | ७८,१९४ | २६,४०० | २,५५१ |
| २. | पाकिस्तान | ३५,७८८ | ९,६९५ | ७७० |
| ३. | बंगलादेश | १७,८२२ | ३,३६१ | २६९ |
| ४. | अफगानिस्तान | ५,२२६ | ६४८ | १३२ |
| ५. | श्रीलंका | ९१५ | ३८२ | ९ |
| ६. | माल्दिभ्स | ९५५ | ४० | ४ |
| ७. | नेपाल | २४५ | ३५ | – |
| ८. | भुटान | १५ | ५ | – |

























