जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि भएको हो ।
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३० हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा लगातार दोस्रो दिन २३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा अमेरिकामा २ हजार ५२८ जनाको ज्यान गएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या ७४ हजार ८०९ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा ३६९, स्पेनमा २४४ र फ्रान्समा २७८ जनाको ज्यान गएको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
| क्र.सं. | महादेश | कूल संक्रमित | निको भएका | कूल मृत्यु |
| विश्वभर | ३७,८१,३८२ | १३,०३,१६१ | २,६५,०९८ | |
| १. | युरोप | १५,२४,९७६ | ५,९६,३३३ | १,४६,६४१ |
| २. | उत्तर अमेरिका | १३,७८,१४३ | २,६४,६०४ | ८२,६५० |
| ३. | एसिया | ६,०४,१३५ | ३,२७,४७१ | २०,८२९ |
| ४. | दक्षिण अमेरिका | २,५१,६९५ | ८८,३५४ | १२,८३० |
| ५. | अफ्रिका | ५२,७१३ | १८,२९५ | २,०१५ |
| ६. | ओसेनिया(अस्ट्रेलिया) | ८,४८७ | ७,४६७ | ११८ |
दक्षिण एसियाली मुलुकहरु
| १. | भारत | ५३,०४५ | १५,३३१ | १,७८७ |
| २. | पाकिस्तान | २४,०७३ | ६,४६४ | ५६४ |
| ३. | बंगलादेश | ११,७१९ | १,४०३ | १८६ |
| ४. | अफगानिस्तान | ३,३९२ | ४५८ | १०४ |
| ५. | श्रीलंका | ७९७ | २१५ | ९ |
| ६. | माल्दिभ्स | ६१७ | २० | २ |
| ७. | नेपाल | ९९ | २२ | – |
| ८. | भुटान | ७ | ५ | – |

























