कञ्चनपुर । परिवारको खर्च जुटाउनका लागि चार महिना अघि मात्रै भारतको उत्तरप्रदेशको आगरा पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कडेरा रानाले बीचमै काम छाडेर घर फर्कनु पर्ला भनेर सोंचेका थिएनन् । कोरोना भाइरसको संक्रमण बढेपछि भारतका सबै क्षेत्रमा लडकडाउनको असरले काम बन्द भए । विद्यालयका विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने रानाको काम थियो । लकडाउनका कारण विद्यालय बन्द भएसँगै रोजगारी गुम्यो । सबै क्षेत्र बन्द भएकाले रानाका लागि अरु क्षेत्रमा रोजगारी पाउने सम्भावना पनि भएन ।
कमाएको केही पैसा डेरा र खानपानमै सिद्धिन थालेपछि उहाँले घर फर्कने निधो गरे । घर फर्कनका लागि कुनै पनि सवारीका साधान सञ्चालनमा थिएनन् । रानाले काम गर्दै आएको विद्यालयको पुरानो साइकल चढेर घर पुग्ने हिम्मत जुटाए । उनले भने, “आगरा बाट साइकल रात दिन चलाउनु प¥यो । एक दुई घण्टा सडक छेउमै सुस्ताउँथे । पुनः साइकल चलाएर सडकमा हिड्नु पथ्र्यो ।” साइकल चलाउन निकै परिश्रम गर्नुपर्ने भएकाले त्यसका लागि खाना खान पनि जरुरी थियो । खान पार्इँदैनथ्यो । सडक छेउका थोरै मात्र पसल खुलेका हुन्थे । ती पसलबाट बिस्कुट, नमकिनलगायत खाद्य सामग्री खरिद गरी भोक टार्नु पर्ने उनको बाध्यता थियो ।
सात दिन सात रात लगाएर आगराबाट राना साइकल चढेर सीमानाका आइपुगे तर नेपाल भारततर्फका सीमा नाका पुरै बन्द थिए । सीमा क्षेत्र भएर नेपाल फर्कनका लागि भारतीय शुरक्षाकर्मीसँग उनले अनुयविनय समेत गरे । केही सीप चलेन । आगराबाट कमाएर बचाएको रु १२ हजारमध्ये चार हजार भारतीय रुपैँया बाटोमै खाना खर्चमा सिद्धिएको थियो । सीमा क्षेत्रमा बसे दुःख गरेर ल्याएको सबै पैसा सिद्धिने र पछि भोकभोकै पर्ने अवस्था थियो । त्यसैले उनले शुरक्षाकर्मीका आँखा छिचोल्दै सीमा पार पर्ने निधो गरे ।
भारतीय शुरक्षाकर्मीका क्याम्प हुँदै महाकाली नगरपालिकातर्फ लागे उनले भने, “भारतीय शुरक्षाकर्मीले दोधारा चाँदनीका बासिन्दा ठाने र जान दिए । चाँदनीस्थित महाकाली नदी माथिको पुल बन्द गरिएको थियो । महाकाली नदी तर्नु मात्रै एक विकल्प थियो । रातीको मौका छोप्दै काँधमा साइकल राखेर महाकाली तरियो । महाकाली नदी तरेपछि घरमा फोन गरे भारतबाट आइसके । केही घण्टामै घर पुग्दैछु ।”
आगरामा कोरोना भाइरसका संक्रमित व्यक्तिका सङ्ख्या आधा दर्जन पुगेको कुरा गाउँका धेरै जनाले भारतीय सञ्चारमाध्यममा सुनेका थिए । वनसमिति बजारमा भारतबाट फर्कँदै गरेका रानाका लागि केही गाँउले कुरेर बसेका थिए । जब राना बनसमिति बजार पुगे । उनलाई नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बस्नका लागि लगियो ।
राना चैत २१ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका छन् । दुई दिनअघि क्वारेन्टाइनमा बस्दै आएका २५ जनासँगै उनको समेत कोरोना भाइरस परीक्षणका लागि ¥यापिड डाइग्नोष्टीक टेस्ट(आरडिटि) विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । सात दिनपछि क्वारेन्टाइनबाट राना घर फर्कन पाउने भएका छन् । रानासँगै परीक्षण गरिएका क्वारेन्टाइनमा बस्दै आएका अन्यको नतिजासमेत नेगेटिभ आएको छ । नगरपालिकाले सञ्चालन गरेको क्वारेण्टमा बसेका सबै जना लडकडाउन पछि सीमा क्षेत्रमा घुसपैठ गरी आएका हुन् ।
रानाजस्तै भारतको पञ्चेश्वरबाट महाकालीमा ट्युवमा तरेर बैतडी हँुदै पैदल हिँडेर आएका उज्जल बोहरा, रामसिंह बोहरासमेत नगरपालिकाको क्वारेन्टाइनमा बसेका छन् । रातीको आठ बजे महाकालीमा ट्युवमार्फत तार्नेहरुलाई जनही एक हजार भारतीय रुपैँया तिरेर दुवै जना महाकाली तरेका हुन् । दुवै जनासँगै कैलाली र बैतडीका गरी सात जनाले महाकाली तरेका थिए ।
सात दिन लगाएर पैदल हिडेर चार दिन अघि शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी घर पुग्दा दुवै जनालाई जनप्रतिनिधि, स्थानीय बासिन्दाले क्वारेन्टाइनमा बस्नका लागि पु¥याएका हुन् । डडेल्धुराको परिगाँउ नजिकैको भारतको बेउरानीबाट ट्युवमार्फत महाकाली नदी तरेका सोही नगरपालिका ११ कलुवापुरका हरिलाल ऐरसहित दैलेखका सात जना जनही भारतीय रुपैँया २०० तिरेर ट्युवमाफर्त महाकाली नदी तरेर चैत १९ गते पुगेका हुन् । दैलेखका सात जना पैदल नै घरतर्फ लागेको र ऐर घर पुगेपछि क्वारेण्टनमा बस्दै आएका छन् । भारतीय शुरक्षाकर्मीले सीमा पार गर्न आउनेलाई केही गर्दैनन् । ऐरले भने, “नेपाल तर्फका शुरक्षाकर्मीले मात्रै कडाई गरेका छन् ।”
क्वारेण्टाइनमा बस्दै आएका भारतबाट फर्केकाले बस्ने, खाने व्यवस्था राम्रो रहेपनि सौचालय एउटै प्रयोग गर्नु परेको गुनासो गरेका छन् । क्वारेन्टाइनमा भारतबाट फर्केकासँगै स्वास्थ्यकर्मीको टोलीको समेत व्यवस्था गरिएको छ ।