काठमाण्डौ,। राष्ट्रिय बीमा संस्थानले कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण र उपचार गर्न नेपाल सरकारले स्थापना गरेको ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु.एक करोड सहयोग प्रदान गरेको छ ।
संस्थानको सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलको अध्यक्षता मामिति २०७६/१२/१९ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत जम्मा गरिएको उक्त रकमले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्नुका साथै प्रभावित नागरिकहरुलाई उपचार गर्न र यसबाट श्रृजनाहुने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास संस्थानले लिएको जनाएको छ ।