काठमाडौ । कोभिड–१९ संक्रमणको प्रभावले काठमाडौं बाहिर जाने यात्रुहरुको सहजताका लागि यती एअरलाइन्सले आफ्ना उडानहरुमा टिकटको मूल्य सस्तो बनाएको छ । भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराको लागि टिकटको मूल्य घटाएको छ । साथै, तल दिइएको शुल्कबाहेक पनि न्यूनतम मूल्यका टिकटहरु खरिद प्राथमिकताका आधारमा उपलब्ध रहिरहने बताइएएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायुसेवा संचालक संघ, नेपाल र सर्वधारणको अनुरोधमा लामो दूरीका सवारी साधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको यति एयरले जनाएको छ । उल्लेखित हवाई भाडा दरहरु २०७६।१२।१० देखि २०७६।१२।२१ गतेसम्म लागू हुने जनाइएको छ ।
यात्रु महानुभाव, शुभचिन्तक र समस्त नेपालीहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षाका उपायहरु अपनाई सुरक्षित रहनुहुन पनि यति एयरले अनुरोध गरेको छ ।