काठमाडौ. । प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त राजदुत विनय मोहन क्वात्राले आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत क्वात्रा बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



















