काठमाडौं । कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभिएको छ । आज काठमाडौंमा एक कार्यक्रम अयोजना गरी दुई बैंकले एकीकृत कारोबारको औपचारीक घोषणा गरेको छन् ।
गत असार २० गते भएको सम्झौता अनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १०० बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ति गरेको हो ।
प्राइम र कैलाश गाभिएपछि बनेको प्राइम कमर्सियल बैंकको चुक्ता पुँजी करिब १४ अर्ब रुपैयाँ पुगेको छ भने पूँजीकोष करिब १९ अर्ब पुगेको छ ।
एकीकृत कारोबारको सुरुवात गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले मर्जर पछि बैंकको पूँजी बढेको र अझ विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्न सक्षम भएको बताएका छन् ।
मर्जर पछि बैंकको शाखा १ सय ९९ पुगेको छ भने निक्षेप १ खर्ब २८ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको बताइएको छ ।