काठमाडौं । एनआई सी एशिया क्यापिटल लिमिटेड संचालनमा आएको फागुन २२ गते तीन वर्ष पुरा भएको छ । संचालनमा आएको छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिस्पर्धा रहँदा समेत एनआई सी एशिया क्यापिटलले तीन वर्षको छोटो अवधिमै निम्न उपलब्धी हाशिल गर्न सफल भएको छ ।
क्यापिटलको हाल सम्मको प्रमुखउपलब्धीहरु ः
मर्चेण्ट बैंकरहरु मध्ये पहिलो ISO 9001:2015 Certified क्यापिटल ।
निक्षेप सदस्यतर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता ।
लगानी व्यवस्थापन सेवातर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको ।
नेपालमै पहिलो पटक IPO ३७ घन्टमा बाँडफाँट गर्न सफल।
सेवाग्राहीहरुलाई उत्कृष्ट सेवादिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको ।
शेयर रजिष्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको ।
म्युचुअल फण्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजनामार्फत ३५ हजार भन्दा बढी इकाई धनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथखुलमुखी सामूहिक लगानीकोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्रबोर्डमा दर्ता गरिएको ।
त्यस्तै क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँग्राहकहरुलाई सेवाशुल्कमाविशेष छुट योजनाल्याएको छ । जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमा हितग्राहीखाता खोलि दिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै मिति २०७६ साल फागुन २२ गते देखि मिति २०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवाशुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
क्यापिटलको तेश्रो वर्ष पुरा गरेको अवसरमा क्यापिटलमा हितग्राही खाताखोली शेयर कारोवार गर्नु हुने खाताधारकहरु, क्यापिटलले संचालन गरेको सामूहिक लगानी योजनामा लगानी गनुभएको इकाईधनीहरु, क्यापिटलको लगानी व्यवस्थापन (Portfolio Management Service-PMS) सेवा लिइरहनु भएका सेवाग्राहीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु त्था नियमक निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा समस्त क्यापिटल परिवार हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेको छ । साथै आगामी दिनमा समेत यस क्यापिटलबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सेवाग्राहीमुखी उच्च कोटिको सेवा उपलब्ध गराउन सदैव कटिवद्ध रहने प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।