काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान बजार व्यवस्थापन विभागको आयोजनामा काठमाण्डौमा मिति २०७६/११/१८ देखि २०७६/११/१९ गते सम्म जीवनबीमा अभिकर्ताहरुको लागि आधारभूत तालिम सञ्चालन भएको थियो ।
विभागका सह व्यवस्थापक चुडाराज अधिकारी र सहायक व्यवस्थापक स्मृति भट्टले सञ्चालन गर्नु भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षकहरुले जीवन बीमाको सिद्धान्त, असल अभिकर्तामा हुनुपर्ने गुणहरु, जीवन बीमा फाराम भर्ने तरिका, बीमा शुल्क गणना, बीमा अण्डरराइटिंग, दाबी भुक्तानी तथा बीमा बजारीकरण कला आदि विषयमा प्रशिक्षण दिनु भएको थियो । ४४ जना प्रशिक्षार्थीहरु सहभागी भएको उक्त तालिम कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण संस्थानका प्रशासक कविप्रसाद पाठकले गर्नु भएको थियो ।