काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्नुभएको छ ।
उहाँले आज अपराह्न ट्वीट गर्दै प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीको भोलि विहान ९ बजे पुनः मिर्गौलमा प्रत्यारोपण गरिने भएको छ । आज डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको छ । उहाँको सबै रिपोर्ट सामान्य आएको बताउँदै प्राध्यापक डा। अरुण सायमीले छ । भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुने बताउनु भएको छ ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो । उहाँलाई भान्जी पर्ने युवतीले मिर्गौला दिनुहुने भएको छ ।



















