काठमाडौ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सभामुख पदको निर्वाचन माघ १२ गते ३ बजे हुने भएको छ भने माघ ७ गते अर्थात मंगलबार बिहान ११ बजेदेखि २ बजेभित्र सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार भोलि नै २ः३० भित्र सूची प्रकाशन गरिने
संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम जनाइएको छ ।
माघ १२ गते प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भनि प्रस्तावक सदस्यले प्रस्ताव गर्नुपर्ने छ ।
नेकपाले सभामुख पदमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनलाई प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गर्ने संकेत दिएको छ ।


























