काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
‘नेकपा’ का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सापकोटालाई सभामुखको उम्मेदवार चयन गर्ने सहमति भएको थियो ।

























