काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
आज भएको सो भेटवार्तामा दुई नेताबीच सभामुखको उम्मेदवार चयनको भएको बताइएको छ । उहाँहरुबीच भएको सहमति अनुसार आजै अपराह्न ४ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ ।
नेकपा स्रोतका अनुसार सभामुमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने सहमति भएको छ ।
भोलि संसदको बैठक आह्वान भएका कारण नेकपालाई आजै सभामुख टुंगो लगाउने बताइएको छ ।
प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गर्नु भएको थियो भने प्रचण्डले पूर्वमाओवादीबाट हुनुपर्ने अडान लिएका थिए ।
पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइ अग्नि नै हुन् । यस्तै वर्तमान उपसभामुख शिवमाया तुम्बाहङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन् । औपचारिक निर्णय भने सचिवालय वैठकले गर्ने छ ।
























