काठमाडौँ । धादिङ समाज युएईले धादिङ नीलकण्ठ नगरपालिका–११ गैरीगाउँका स्थायी बासिन्दा जीतबहादुर गुरुङको उपचारका लागि रु ५० हजार सहयोग गरेको छ । समाजका उपाध्यक्ष ईश्वर भट्टले मंगलबार पत्रकार सम्मेलन गरी मिर्गौला रोगबाट पीडित आर्थिक अवस्था अत्यन्तै दयनीय भएका गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गर्नुभयो । बैसठठी वर्षीय गुरुङको दुवै मिर्गौलामा समस्या छ ।
एउटा मिर्गौला पूर्णरूपमा फेल भएको र अर्कोले पनि ७० प्रतिशतमात्रै काम गरेको छ । समाजका पूर्वमहासचिव किरण धमलाले समाजले स्थापनाकालदेखि नै समाजसेवी कामहरू गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि देशभरि आपत्विपद्, दुःख र पीडामा परेकाहरूलाई समाजले सहयोग गर्ने योजना रहेको जानकारी दिनुभयो ।
























