टिप्पणी
काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेको छ । आज बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तायाक राईले पदबाट राजीनामा दिएका छन् ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री बनेर सरकारमा सहभागी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको कामप्रति असन्तुष्टि रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए भने स्वास्थ्य राज्यमन्त्रीको पद खोसेका थिए ।
नेकपासँग भएको वार्तामा संविधान संशोधनको सहमति भएपछि समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो । सोमबारको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनको ठाडो प्रस्ताव राखेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै अस्वीकार गरिदिएपछि यादव सरकार छाड्ने स्थितिमा पुगेका हुन् ।
वैठकमा मन्त्री यादवले प्रधानमन्त्री समक्ष ठाडै संविधान संशोधन प्रस्ताव राखेपछि प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याउने यो के तरिका हो ? भन्ने प्रश्न गर्दै ‘यत्रो दिन मन्त्री बन्नुभयो, सरकारमा रहनुभयो । उपप्रधानमन्त्री हुनुहुन्छ । मन्त्रिपरिषद्मा कुन विषयको प्रस्ताव कसरी ल्याइन्छ, त्यति पनि थाहा छैन ?’ भनेपछि यादवले कुनै जवाफ दिन नसकेको एक मन्त्रीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषय सहमतिको विषय भएको बताउँदै त्यसका लागि दलहरुबीच छलफल गरेर सहमति वनेपछि मात्र यो प्रक्रियामा जाने र पार्टीमार्फत प्रस्ताव आउनुपर्ने स्पष्ट पार्दै सिधै मन्त्रिपरिषद्मा पेस नहुने बताएका थिए ।
उपप्रम तथा मन्त्री यादव अधिकांस मन्त्रिपरिषद् वैठकमा अनुपस्थित हुने गरेका थिए । कानून मन्त्री बनेपछि सोमवार पहिलो पटक वैठकमा सहभागि भएका थिए । प्रधानमन्त्री ओलीले बोलाउने आकस्मिक तथा महत्वपूर्ण बैठकहरुमा पनि अनुपस्थित भइदिने र मन्त्रालयको काम पनि राम्रोसँग नगर्ने, सरकारमा बसेर सरकारकै विरोध गर्दै हिड्ने जस्ता कुराले प्रधानमन्त्री ओली उपेन्द्र यादवप्रति शुरुदेखि नै असन्तुष्ट थिए ।
बाबुराम भट्टराईको नयाँ शक्तिसँग एकता भएपछि त झन यादलले न सत्ता पक्ष न प्रतिपक्ष जस्तो व्यवहार गर्न थालेका थिए । यादवलाई सरकार छोड्न भट्टराईले चर्को दवाव दिएका थिए । सरकार छोडे पनि हुन्छ भन्ने सन्देश दिन नै प्रधानमन्त्री ओलीले उनलाई जानकारी नै नदिई मन्त्रालय परिवर्तन गरिदिएका थिए भने पार्टीभित्रबाट पनि उनलाई सरकार छाड्न दवाव थियो । तर पनि यादवले सरकार छाड्न चाहेका थिएनन् ।
नेकपाले मधेश केन्द्रीय अर्को दल राजपासँग राष्ट्रियसभा चुनावमा गठबन्धन गरेपछि यादललाई झड्का लागेको छ । सरकारमा पूर्व संघीय समाजवादी पार्टी अर्थात यादव पक्षका नेता मात्र मन्त्री थिए । पूर्व नयाँशक्ति अर्थात बाबुराम भट्टराई पक्षका नेता मन्त्री छोइनन् । मन्त्री बन्न सांसद हुनुपर्ने उनको भट्टराई वाहेक उनको पक्षका सांसद नै छोइनन् । जसले गर्दा पनि भट्टराई पक्षले सरकार छोड्न यादवलाई चर्को दवाव दिदै आएको थियो ।
राष्ट्रिय सभा निर्वाचन मार्फत भट्टराई पक्षधर नेता अर्थात उनकी पत्नी हिसिला यमीलाई राष्ट्रिय सभा सदस्य बनाउने र सरकारमा सामेल गराउने योजना सुनाएर भट्टराई पक्षलाई थामथुम पारेका थिए । तर नेकपा र राजपाबीच कार्यगत एकता भएपछि उनको त्यो योजना फेल खाने स्थिति आएपछि यादव तनावमा परेका थिए ।
उनले पार्टीबाट सरकार छोड्न आएको दवावलाई मत्थर पार्ने रणनीति अनुसार संविधान संशोधनको प्रस्ताव लगेका थिए । उनको प्रस्ताव अनुसर तत्काल संविधान संशोधन गर्नुपर्ने भनिएको छैन । प्रक्रिया अघि बढाए जस्तो मात्र गर्न खोजेको देखिन्छ ।
प्रधानमन्त्रीले हेर्दै नहेरी अस्वीकार गरिदिएको प्रस्तावमा संविधानमा संशोधन गर्नुपर्ने विषयहरु पहिचान गर्न संविधानविद् वा सर्वोच्चका पूर्वन्यायाधीशको अध्यक्षमा विज्ञ समूह बनाउने प्रस्ताव गरिएको छ भने समितिलाई चार महिनाको समय दिने र त्यसका आधारमा संविधन संशोधन प्रस्ताव बनाउने उल्लेख छ ।
संविधान संशोधनको प्रस्ताव अघि बढाएर सरकारमा टिक्ने यादवको तेस्रो योजना पनि असफल भएपछि सरकार छाड्ने मनस्थितिमा पुगेका हुन् ।
आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ को चार सीट मध्ये नेकपा र राजपाबीच दुई÷दुई वटा सिटमा एकले अर्कोलाई सघाउने सहमति भएपछि समाजबादी दलका प्रमुख नेत बाबुराम भट्टराई थप क्रुद्ध भएका थिए । यादवलाई सरकारबाट हट्न लगाएर भएपनि राजपासँग पार्टी एकीकरण गरेर बैकल्पिक राजनीतिक शक्ति बन्ने र त्यसको अध्यक्ष हुने भट्टराईको योजना थियो भने भट्टराई पत्नी यमीलाई राष्ट्रिय सभा सदस्य हुँदै मन्त्री बनाएर सरकारमा टिक्ने यादवको योजना थियो । तर दुवैको सपना अधुरो भएपछि उनीहरु सरकार र नेकपासँग क्रुद्ध भएका थिए ।
यादवलाई सार्वजनिक रुपमा केही नभने पनि भटट्राईले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ र दृष्टिदोष रहिरहन्छ वा अर्को दास भन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूले पूर्ण मुक्ति हुन्न ! ‘फुटाउ र राज गर’ को नीतिमा मालिकहरू खप्पिस छन् । अहिलको नयाँ मालिकहरू झन धुर्त छन् । खाँचो छ त नयाँ स्पार्टाकसको ! सबैलाई चेतना भया ।’
नेकपा र राजपाबीच रणनीतिक र कार्यगत एकता भएको खण्डमा प्रदेश नं. २ को समाजवादी पार्टीको नेतृत्वको सरकार समेत संकटमा पर्ने देखिएको छ । यादवले संघीय सरकार छोडेपछि राजपा सरकारमा आउन सक्ने र प्रदेश नं. २ मा पनि नेकपा र राजपाको गठवन्धन सरकार बन्न सक्ने देखिन्छ ।
यस्तो थियो यादवको संविधान संशोधन प्रस्ताव