काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठलाई प्रवक्ता तोकेको छ । महाशाखाद्धारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूलाई सम्प्रेषण गर्नका लागि श्रेष्ठलाई प्रवक्ता तोकिएको जनाएको छ । प्रवक्ता श्रेष्ठको मोवाईल नं। ९८५१०१६३१३० मा सम्पर्क गरेर सम्पूर्णमा जानकारी लिन सकिने जनाइएको छ ।



















