इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा रहेको यौन खेलौना पसल ‘द डल हाउस’ मा ५० वर्ष कटेका महिला बढी आउने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार उनीहरु आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब २२ लाख रुपैयाँ) सम्म तिर्न तयार हुने गरेका छन् ।
मध्य उमेरका समलिंगी र इतरलिंगी दुवैले सेक्स रोबोटको आनन्द लिइरहेको कम्पनीले जनाएको छ । द डल हाउसका प्रबन्ध निर्देशक फिल बास भन्छन्, ‘अहिले विवाहित, एकल र बच्चाबच्ची भएका मध्य उमेरका महिलाले सेक्स डल प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ । महिला–यौन खेलौना अब पुरुषहरूको चाहना मात्र रहेन । केही वर्षयता थुप्रै इंग्लिस महिलाले फिमेल सेक्स डल किनिरहेका छन् । खास गरी, ५० वर्षमा हिँडिरहेका महिलाले यौन खेलौनामा असाध्यै अभिरुचि देखाउन थालेका छन् ।’
महिलाले महिला–यौन खेलौना बढी प्रयोग गर्न थालेपछि तिनको मूल्य पनि बढेको छ । आफूले भनेजस्तो यौन खेलौनाका लागि जति पनि रकम तिर्न तयार महिलाको संख्या ठूलो भएको द डल हाउसका बास बताउँछन् । ‘अचेल विभिन्न प्रकारका सेक्स डल पाइन्छन्,’ उनी भन्छन्, ‘बोल्ने, हाँस्ने, गाउनेदेखि चरमोत्कर्षमा पुगेको अभिनय गर्नेसम्म यौन खेलौना पाइन्छन् ।’ बासले तीन वर्षअघि मात्र सेक्स डलको व्यापार सुरु गरेका हुन् । ‘कोही–कोही महिला ग्राहक त अचम्मका हुन्छन्,’ उनी भन्छन्, ‘हालसालै एक जना ग्राहकले हामीलाई अनौठो अर्डर दिएकी छिन् । उनी यस्तो सेक्स रोबोट चाहन्छिन्, जसको टाउको महिलाको होस् तर शरीर र यौनांग भने पुरुषको होस् ।’
महिलाले कसरी यौन खेलौना प्रयोग गर्छन् भन्ने विषयमा थोरै मात्र अध्ययन भएका छन् । ‘ह्वाट द सेक्स’ नामक पोडकास्ट चलाउने पत्रकार फिबी ग्रेगरका अनुसार महिलाले सेक्स रोबोटलाई आफ्नो सपनाको व्यक्ति मानेका हुन्छन् । ‘आफूले कल्पना गरेको आदर्श पार्टनर वास्तविक जीवनमा नभेटेपछि महिलाहरू सेक्स रोबोटमार्फत आफ्नो त्यो इच्छा पूरा गरिरहेका छन्,’ उनी भन्छिन् । -एजेन्सी