काठमाडौं, गोरखामा प्रहरीले १६ केजी सुन भेटाएको छ । जिल्लाको दुर्गम धार्नेस्थित ओडारमा लुकाएको अवस्थामा सुन भेटिएको छ ।
सो सुन चीनबाट तस्करी गरेर ल्याइएको आँकलन गरिएको छ । सुन रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको गोरखाका एसपी ओम अधिकारीले बताएका छन् ।
गोरखाको नाका प्रयोग गरेर समेत चीनबाट सुन तस्करी हुने गरेको छ ।