भक्तपुर, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो ।
कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले आज दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको छ ।
यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
























