चितवन – सूचना तथा सञ्चारमन्त्री गोकुल बास्ँकोटाले नेपाली संचारमाध्यमलाई व्यवस्थित र मर्यादित बनाउन विधेयक ल्याएको बताउनु भएको छ ।
सरकारले संचारमाध्यमलाई कमजोर बनाउने अभिलाषा नभई व्यवसायिक बनाउने ध्येय रहेको बताउनु भयो ।
आज चितवनको सौराहामा फाईबर टु द होम(एफटिटिएच)सेवाको शुरुवात गर्दै मन्त्री बास्काटाले नियन्त्रण भन्ने सरकारको शब्दाबलीमै नरहेको बताउनु भयो । “ हामी आरामदायी ढगंले भन्दछौँ, स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम हुनेछैन उहांँले भन्नुभयो, तर प्रेसका नाममा छाडातन्त्र गर्ने कुरा मानिदैन् ।’
विश्वको शक्तिशाली देश अमेरिकाले पनि मिडियामा छाडातन्त्र गरे १ करोड रुपैयांँ जरिवाना र मुत्युदण्डसम्म दिएको उद्दाहरण हेर्न अनुरोध गर्दै समानुपातिक विज्ञापन नीति र क्लिन फिड लाग्नु गर्न नदिने तत्वले यस्तो अपवाह फैलाएको तर्क गर्नुभयो ।