पत्रकारिको व्युत्पत्मिूलक अर्थ जेसुकै भएता पनि पत्रकारिता वा “जर्नालिजम” शब्दलाई अहिले विशेष परिभाषित अर्थमा प्रयोग गरिन्छ । विभिन्न शब्दकोश, विश्व शब्दकोष, विद्वान र विभिन्न ग्रन्थहरुमा यसलाई विभिन्न किसिमले परिभाषित गर्ने कोसिस गरिएको छ । जस्तै– डेविट वाडनराइटका अनुसार “पत्रकारिता” सूचना हो, सञ्चार हो, जसले दिनभर घटेका घटनाहरुलाई केही शब्द, आवाज वा तस्वीरमा उतारेर यान्त्रिक प्रविधिहरुको प्रयोगद्वारा कहाँ के कुरा भइरहेको छ, त्यसको जानकारी जनतालाई दिन्छ यसैलाई पत्रकारिता भनिन्छ, भनेका छन् ।
त्यसैगरी सीजी मुलरले पत्रकारिता सामयिक ज्ञानको व्यवसाय हो भनेका छन् भने म्याथ्यु आर्नड भन्छन्, “ पत्रकारिता हतारिएको साहित्य हो ।” पत्रकारितालाई जसले जसरी परिभाषित गरे पनि पत्रकारिता एक किसिमको कला हो भने पत्रकार एक प्रकारको कलाकार हो ।
वास्तवमा भन्ने हो भने पत्रकारिता क्षेत्र भनेको बौद्धिक र मर्यादित क्षेत्र हो जसको कुरा आममानिसले पत्याउँछन् । यसमा बौद्धिक जगतको बाहुल्यता रहेको हुन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने पत्रकारितालाई एक मागिखाने भाँडोको रुपमा धेरैले हेर्न थालेका छन् । यस्तो सुन्दा आफैँलाई दुःख लाग्छ । वास्तवमा अहिले नेपालमा पत्रकारहरु बर्गीकृत भएको पाइन्छ । यो पत्रकारिता जगतका लागि कलंक हो । मैले बरिष्ठ र कनिष्ठहरुको कुरा गर्न खाजेको होइन । पत्रकारिता क्षेत्रको व्याप्त विसंगतिलाई उजागर गर्ने जमर्काे मात्र गर्न खोजेको हुँ ।
व्यवसायिक र मर्यादित पत्रकारिता आजको आवश्यकता भए पनि हामी कति त्योबाट विचलित भएका छौँ र हामीले गर्ने पत्रकारिता कस्तो हुनुपथ्र्याे र कस्तो भइरहेको छ ? त्यो आमपत्रकारले बुझ्नु पर्ने कुरा हो । कसैको व्यक्तिगत चरित्रहत्या गर्नु पत्रकारिताको धर्म हो ? हाम्रो पत्रकारिताबाट एउटा सभ्य समाजको निर्माण गर्नुपर्ने बेलामा समाज भाँड्ने खालको पत्रकारिता गरिरहेका छौँ । हामी बिना प्रमाण समाचार सम्प्रेषण गछौँ’, कसैको मानमर्दन गछौँ र त्यसमा रमाउँछौँ । के यो सही अर्थमा पत्रकारिता गरेको ठानिन्छ ? पत्रकारिता क्षेत्रलाई शुद्धीकरण गर्नु अत्यन्तै जरुरी छ ।
हाम्रो नेपाली पत्रकारिताको फाँट अझै अठाराँै शताब्दीको युरोपेली पत्रकारिताको समयभन्दा माथि उठ्न सकेको छैन । यो सबैलाई सर्वविदितै छ । यँहा हल्लाको भरमा राष्ट्रियता माथि आँच आउने सवालमा कुनै सरोकार नराखी हावाको तालमा समाचार सम्प्रेषण आफ्नो स्वार्थअनुसारको समाचार सम्प्रेषण गरिन्छ । यस्ता गम्भीर सवालको समाचार सम्प्रेषण गर्दा ध्यान नदिनुले पनि पत्रकारको बौद्धिकतामा एक प्रश्नचिन्ह खडा भएको छ ।
फेरी अर्काे महत्वपुर्ण कुरा के भने नेपाली पत्रकारहरुमा एउटा संकीर्ण सोच भएका कारण पनि नेपाली पत्रकारको जीवनस्तर जहाँको त्यँही छ । किनकी यहाँका पत्रकारहरुमा के विचार छ भने पत्रकार भने पछि झुत्रेझाम्रे नै भएर हिँड्नु पर्छ भन्ने मानसिकताले ग्रसित पत्रकारहरुप्रति मेरो के अनुरोध छ भने– हामी सबैले विकसित मुलुकका पत्रकारहरुलाई नियालेर हेर्नु जरुरी छ । विदेशी पत्रकारहरु टाइसुट लगाएर गाडीमा हिँड्छन् । तर, यँहा एउटा गाडी चढेर हिँड्दा मालिक पत्रकारको विल्ला भिराइन्छ । यस्तो संकीर्ण सोच लिएर हिँडेका पत्रकारहरुबाट हामीले के आशा राख्ने ? यस्तो विचारबाट पत्रकारहरुको जीवनस्तर कहिले माथि आउने ? र मुलुक कहिले समृद्ध बन्ने ? यो पनि एउटा सोचनीय विषय भएको छ । पत्रकारहरु मानसिक रुपमा सबल हुनुपर्छ । अनिमात्र एउटा सभ्य समाजको परिकल्पना गर्न सकिन्छ ।