काठमाडौं,कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रेशम चौधरीलाई सपथ लगत्तै सदरखाना जेल पुर्याइएको छ ।
चौधरीलाई सभामुख कृष्णबहादुर महराले सांसद चौधरीलाई पद तथा गोपनियताको सपथ गराएलगत्तै जेल लगिएको हो । उनलाई बा १ झ ७७०६ नम्बरको गाडीमा डिल्लीबजार लगिएको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको घटनाको मुख्य अभियुक्त चौधरीले कैलाली क्षेत्र नं। १ बाट फरार रहेकै अवस्थामा निर्वाचन जितेका थिए ।
टीकापुर हत्याकाण्डका मुख्य अभियुक्रको रुपमा रहेका चौधरीलाई आज सिंहदरवारमा सपथ ग्रहण गराइएको थियो । चौधरीलाई राजपा नेपालको दवावमा पद तथा गोपनियताको सपथ दिलाइएको हो ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए ।
थारु भाषामा सपथ लिएका चौधरीलाई सपथपछि सभामुख महराले फूलमाया लगाइदिनुभएको थियो भने संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको लोगो लगाइदिएका थिए । सपथ लगत्तै चौधरीलाई राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फूलमाला लगाइदिएका थिए ।