काठमाडौं, सांसद रेशम चौधरीको सपथ ग्रहण कार्यक्रम सरेको छ । सपथ ग्रहणको समय पूर्वनिर्धारित समयभन्दा केही घण्टा पछि सरेको हो । बिहान साढे ११ बजे राखिएको सपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि सारिएको हो ।
सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले पद तथा गोपनीयताको सपथ लिएपछि चौधरी निलम्बित सांसदका रुपमा जेलमै रहने जनाएको हो ।
‘रेशम चौधरीको मुद्दा कानुन अनुसार अघि बढ्छ ।
निर्वाचन आयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य हो’, सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लले भनेका छन्, ‘शपथपछि चौधरी निलम्बित संसदको रूपमा जेलमै रहन्छन् । संसद बैठकमा बस्न पाउँदैनन् ।’
उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि चौधरीलाई सपथग्रहण गरेपछि पुरानै पक्रयाअनुसार अघि बढ्ने बताएकी छन् । उनले पुरानै पक्रियाअनुसार उनको सपथग्रहणपछि कारगार जानेछन् ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ प्रतिनिधिसभाको सदस्य पक्राउ सम्बन्धी नियम छ । यो नियमको उपनियम ३ मा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा सदस्यको हैसियतले कुनै कार्य गर्न नपाउने उल्लेख छ ।