बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि बोलिदिन आग्रह गर्दै राष्ट्रपति निवास अगाडि पुगेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति बिद्या भण्डारी पोल्याण्डबाट फर्किने कार्यक्रमको समयमा निर्मलाको न्यायका लागि राष्ट्रपतिसँग आग्रह गर्न उनीहरु त्यहाँ पुगेका थिए ।
महाराजगञ्जस्थित राष्ट्रपति निवास अगाडि पुगेका ‘जस्टिस फर निर्मला’का अभियन्ताहरूलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम ९कोप २४० मा सहभागी भएर राष्ट्रपति भण्डारी आज पौन ११ बजे पोल्यान्डबाट स्वदेश फर्किएकी हुन् । सोही समयमा राष्ट्रपतिलाई ध्यानाकर्षण गराउन ‘जस्टिस फर निर्मला’का अभियन्ताहरू त्यहाँ पुगेका थिए ।