संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीले थप अवसर पाउने भएको छ । राष्ट्रसंघले द्वन्द्वग्रस्त देश सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीको एफपियू टोलीको कोटा बढाएको छ । यसअघि डार्फर मिसनमा एक सय ४० जनाको टोली जाने गरेकोमा अब एक सय ८० जना जानेछन् । ‘डार्फर एफपियू मिसनमा ४० जनाको कोटा थप भएको छ,’ प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डे भन्छन्, ‘गृह मन्त्रालयबाट स्वीकृत गराई हामीले यसपटक एक सय ८० जना पठाउनेछौँ ।’ एसपी मीरा चौधरीको कमान्डमा एक सय ८० जनाको टोली डार्फरमा जाने तयारीमा छ ।
नेपाल प्रहरीबाट डार्फर र हाइटीमा गरी दुईवटा एफपियू टोली कार्यरत छन् । हाइटीमा एक सय २० जनाको टोली खटिँदै आएको छ ।