काठमाडौं किसानसँग सस्तो मूल्यमा तरकारी लिएर महंगो मूलयमा उपभोक्तालाई बिक्री वितरण गर्ने कालिमाटीस्थित तरकारी बजारका बिचौलियाहरुले अनुगमनमा गएको टोलीलाई अबरोध गरेका छन् ।
काठमाडौंको कालीमाटी तरकारी बजार अनुगमन गर्न सरकारी टोली गएपछि बिचौलिया र व्यापारी मिलेर टोलीविरुद्ध नारा जुलुस गर्दै अवरोध गरेका हुन् । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको संयुक्त टोलीले तरकारी बजारभित्र प्रवेश गरेपनि अनुगमन गर्न नसकेपछि त्यतिकै फर्केका छन् ।
काठमाडौँको मुख्य थोक बजार कालिमाटीका व्यापारीहरुले गरेको सिण्डिकेटका कारण उपभोक्ताले महंगोमा तरकारी खरिद गर्नु परेको तथा किसानले आफ्ना उत्पादनको बजार मूल्य नपाएको भन्ने तथ्य बाहिर आएपछि अनुगमन टोली आज विहानै कालिमाटी पुगेको थियो ।