काठमाडौं । सर्वोच्च अदालतको प्रस्तावित प्रधानन्यायाधिश दीपकराज जोशीलाई प्रधानन्यायाधिश बनाउन संसदीय सुनुवाई विशेष समितिले अस्वीकार गरेको छ । जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन किन अस्वीकार गरियो ? यस सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न पाँच कारण दिएको छ ।
प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम अस्वीकृत गरेको हो । १५ सदस्यीय समितिमा जोशीको विपक्षीमा १० मत परेको थियो । जुन प्रस्तावित नाम अस्वीकारको दुई तिहाई हो ।
बैठकपछि समिति सदस्य योेगेश भट्टराईद्वारा जारी जोशीलाई अस्वीकृत गर्नुको कारणहरु यस्ता छन् । कारणहरुमध्ये सुनुवाईका क्रममा जोशील आचरण, इमान्दारिता र कार्यक्षमताबारे सोधिएको प्रश्नको प्रष्ट र सन्तोषजक जवाफ दिन सकेनन् भने उनले प्रधानन्यायाधीश नियुक्त भए के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने ठोस कार्ययोजना र अवधारणाा समेत पेश गर्न सकेनन् ।
त्यस्तै, शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहेको र जन्ममिति समेत फरक फरक रहेको । यसबारे जोशीले यथेस्ट प्रमाण पेश गर्न सकेनन् । अर्को कुरा जोशीको सार्वजनिक आचरण र विगतका कामकारबाहीबारे पूर्व न्यायाधीशहरुबाटै प्रश्न उठेको र सर्वोच्चको न्यायाधीश रहँदा नेपालको न्याय प्रणाालीमा योगदान दिन सक्ने दृष्टान्त पेश गर्न नसकेको र जोशीबाट न्यायालय स्वतन्त्र, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने निश्चित हुन नसकेकाले उनी अस्वीकृत भएका हुन् ।
सर्वोच्च अदालतमा रिक्त रहेको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वोच्च अदालतमा कार्यरत दीपकराज जोशीको नाम संवैधानिक परिषद्बाट यसअघि प्रस्ताव गरिएको थियो ।