अफगानिस्तानको राजधानी काबुलस्थित एक होटलमा आइतबार भएको आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गरेका छन् । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघको सहयोग मिसनका प्रमुख तडामिची यमामाटाले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा महासचिव गुथ्रेसले उक्त घटनाको कडा शब्दमा निन्दा गरेका हुन् ।
आइतबार प्रकाशित विज्ञप्तिमा गुथ्रेसले यस आक्रमणमा ज्यान गुमाएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । गुथ्रेसका प्रवक्ताद्वारा प्रकाशित यस विज्ञप्तिमा आफू अफगान सरकार र जनताको साथमा सधैँ रहेको पनि बताएका छन् । आइतबार राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलममा भएको आक्रमणमा परी २२ जनाको ज्यान गएको थियो ।
यसरी ज्यान जानेमा १४ जना विदेशीसहित अन्य अफगान नागरिक परेका छन् । उनीहरु सबैको सनाखत हुन बाँकी रहेको बताइएको छ ।
आतंकारीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेका गृहमन्त्रालयका प्रवक्ता नाजीब डेनिसले स्थानीय सञ्चारमाध्यमसँग बताएका थिए । यस आक्रमणको जिम्मा तालिबान आतंककारी समूहले लिएको छ । (सिन्ह्वा)