प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथग्रहण लिँदैछन् । सरकारले नवनियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथग्रहण गराउन लागेकी हुन् ।
बुधबार सरकारले ७ वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । त्यसको २ दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई शपथग्रहण गराउन लागेकी हुन् ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले कांग्रेस र मधेसवादी दलको भागवण्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।


















