अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप ७ सय अमेरिकी सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको खामा न्यूज एजेन्सीले शनिबार जनाएको छ ।
आतंवादविरुद्धको अभियानमा अफगानिस्तानमा सहयोग गर्दै आएको अमेरिकी सेनाले थप सेना पठाउन लागेकोप्रति लक्षित गर्दै यहाँको तालिवान लडाकू समूहका प्रवक्ता जाविउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हजारौँको संख््यामा अफगानिस्तान आएको अमेरिकी सेनाले पनि आफ्नो समूहमाथि विजय हाँसिल गर्न सक्दैन भने थप ७०० जना पठाउने निर्णयबाट तालिवान तर्सिदैन ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियामा आतंवादविरुद्ध लड्ने नयाँ प्रशासनिक रणनीति बनाउँदै थप सेनालाई अफगानिस्तान पठाउने निर्णय लिएको हो । ट्रम्पको नयाँ रणनीति तालिवानलाई यहाँको राष्ट्रिय राजनीतिमा आउन दवाव दिने उद्देश्यबाट ल्याइएको बताउने गरिएको छ । Agency