संवेदनशील मतदान केन्द्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको परिचालन गरिने भएको छ । यस्ता केन्द्रमा संम्वेदनशीलताको अवस्थामा थप सुरक्षाकर्मी परिचालन हुनेछ ।
मतदातालाई त्रसित पार्ने निर्वाचनमा विरोधी कार्यमा संलग्न व्यक्तिले विभिन्न गतिविधि गर्नसक्ने भएकाले त्यसलाई रोक्न प्रहरीले विशेष सुरक्षा नीति अपनाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो ।
विगत एक हप्ताको अवधिमा प्रहरीले चुनाव विरोधी गतिविधिमा संलग्न १४ जनालाई मोरङको विभिन्न स्थानबाट पक्राउ गरेको छ । मोरङमा तीन हजार १५६ म्यादी प्रहरी र नेपाल प्रहरीलाई विभिन्न मतदान स्थलको अवस्था हेरेर परिचालन गरिने बताइएको छ ।
कुनै ठाउँमा शंकास्पद वस्तु फेला परेमा प्रहरीलाई तत्काल खबर गर्न सर्वसाधारणलाई आग्रह गर्दै प्रमुख बिसीले बम निष्क्रिय पार्न नेपाली सेना र प्रहरीको टोली तयारी अवस्थामा रहेको बताउनुभयो ।




















