केन्या, केन्याको सर्वोच्च अदालतले गत महिना भएको पुनः निर्वाचनबाट राष्ट्रपति उहुरु केन्याटा अर्को कार्यकालका लागि पुनः निर्वाचित भएको ठहर सोमबार गरेको छ ।
अदालतको निर्णयसँगै केन्याटालाई अर्को हप्ता नयाँ कार्यकालका लागि सपथ लिन बाटो खुलेको छ ।
गत महिना भएको निर्वाचनमा केन्याटा पुनः निर्वाचित भएपछि केन्याटाले धाँधली गरेको आरोप लगाउँदै दायर भएकोे रिट निवेदनमाथि निर्णय सुनाउँदै अदालतका छ जना न्यायाधीशले केन्याटाको निर्वाचनलाई सदर गरिदिएको छ ।
रिटमाथिको सुनुवाईमा सहभागी सबै न्यायाधीशले एकमतका साथ केन्याटा राष्ट्रपतिमा निर्वाचन भएको बिषयलाई कानूनी वैधता मिलेको मुख्य न्यायाधीश ड्याभिड मारागाले बताउनुभयो ।
केन्यामा यसै बर्षको अगष्ट ८ मा भएको निर्वाचनमा अनियमितता भएको आरोपपछि यहाँको पुनरावेदन अदालतले निर्वाचनको नतिजालाई खारेज गरी पुनः निर्वाचन गर्न आदेश दिएपछि गत अक्टोबरमा पुनः राष्ट्रपतीय निर्वाचन भएको थियो । पछिल्लो नतिजाबाट पनि केन्याटा नै निर्वाचित भएको यहाँको निर्वाचन आयोगले जनाएको थियो ।
केन्याटालाई सदर मतको ९८ प्रतिशतभन्दा बढी समर्थन रहेको र २९१ सीटमध्ये २६६ सीटमा जीत निस्केको थियो ।