![/;folgs dn;DaGwL 5nkmn sfo{qmd ;fN6 6«]l8ª g]kfnn] cfOtaf/ sf7df8f}Fdf cfof]hgf u/]sf] /;folgs dn k|of]u;DaGwL 5nkmn sfo{qmddf ;xefuLx? . tl:a/ M gjLg kf}8]n, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/11/1509886511843_NP_KTM_20171105_IMG_6896-225x150.jpg)
साल्ट ट्रेडिङ कर्पाेरेशनले रासायनिक मलको समुचित प्रयोगका बारेमा कृषक तथा सहकारी संस्थालाई जानकारी दिन शुरु गरेको छ ।
यसका लागि कर्पाेरेशनले भारतको साई मल उद्योगको सहकार्यमा विराटनगर, इलाम, जनकपुर, वीरगञ्ज, भरतपुर, भैरहवा, दाङ, कृष्णनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायतका स्थानमा आजदेखि तालीम सञ्चालन गर्ने जनाएको छ ।
काठमाडौँ, नुवाकोट, धादिङ, ललितपुर, भक्तपुर, काभ्रेमा आइतबारदेखि तालीम सञ्चालन शुरु भएको कर्पाेरेशनका व्यवस्थापक ब्रजेश झाले जानकारी दिनुभयो । तालीममा साई मल उद्योगका विज्ञ विश्वरुप बोस, माटो विज्ञ इन्द्रबहादुर ओली र कर्पाेरेशन विज्ञ भगवान् खतिवडाले रासायनिक मलको समुचित प्रयोगका बारेमा विस्तृत जानकारी दिनुहुनेछ ।
साल्ट ट्रेडिङ कर्पाेरेशनले रासायनिक मलको बिक्री वितरण गर्दै आएको छ । (रासस)




















