रासस÷सिन्ह्वा) आइसल्याण्डमा आगामी अक्टोबर २८ मा संसदीय निर्वाचन हुने भएको छ । सो निर्वाचनको तयारी व्यापक रुपमा भएको अधिकारीहरुले जनाएका छन् ।
आइसल्याण्डका राष्ट्रपति गुडनी जोहान्नेसनले संसदीय निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव हालै स्वीकृत गर्नुभएको थियो ।
ढिलागरी निर्वाचनको मिति तोकिए पनि निर्वाचनको तयारी व्यापक मात्रामा भइरहेको समाचारमा उल्लेख गरिएको छ । त्यहाँको सरकार अल्पमतमा परेपछि अल्पमतको सरकार निर्माण या अर्काे संसदीय निर्वाचन भन्ने विषयमा व्यापक मात्रामा विवाद भए पछि यो निर्वाचन घोषणा गरिएको हो ।
आइसल्याण्डका प्रधानमन्त्रीले अल्पमतको सरकार बनाउने चाहना व्यक्त गर्नुभएको थियो । तर उक्त प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपतिले नै अर्काे निर्वाचनको घोषणा गर्न आह्वान गर्नुभएको हो ।