अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता हुने सम्भावना रहेको छ । दुई देशका राष्ट्रपतिको हैसियतमा यो उहाँहरुबीचको पहिलो भेटवार्ता हो ।
यो भेट उहाँहरुबीच दुई देशबीचको सम्बन्ध थप विकास र प्रवर्धनका लागि पहिलो परीक्षणका रुपमा पनि हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जि२० समूहको सम्मेलनमा सहभागिताका लागि जर्मनीको ह्यामबर्ग जानुभएको छ । सो सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि शुक्रबार नै पुग्नुभएको छ ।
उहाँहरुबीच शुक्रबार ह्याम्बर्गमा नै द्विपीक्षय भेटवार्ता हुने अनुमान गरिएको छ । ब्रुकिङ इन्स्टिच्युटका एकजना वरिष्ठ कूटनीतिज्ञ दारेल वेस्टले भन्नुभएको छ “यो भेटवार्ता अमेरिकाले रुसी सरकारसँगको सम्बन्ध विस्तारको लागि एक महत्वपूर्ण अवसर हुनसक्छ ।”
रुससँग संयुक्त राज्य अमेरिकाका धेरै विषयमा मतभेदहरु छन् । जस्तो कि सन् २०१६ को आम निर्वाचनमा रुसको संलग्नताको कुरा पनि बाहिर आएको थियो । यद्यपि यो मुद्धा पुष्टि भइसकेको भने होइन ।
त्यसैगरी उत्तर कोरिया र सिरियाको द्वन्द्वका विषयमा पनि रुस ती देशसँग बढी लचिलो हुने गरेको आरोप पनि लाग्ने गरेको छ । जसका कारण पनि उहाँहरुबीचमा शुक्रबार हुनसक्ने पहिलो बैठकले यी विषयमा थप स्पष्ट हुन सहयोग पु¥याउने अनुमान गरिएको छ ।
कूटनीतिज्ञ ब्रुकले भन्नुभयो “रुस र अमेरिकाका बीचमा धेरै कुरा जोडिएर आएका छन् र त्यसमा पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि राजनीतिको अर्काे अध्यास सुरु भएको छ, त्यसैले मेरो बिचारमा यो उहाँहरुको सम्बन्ध सुधारको एक महत्वपूर्ण अवसर हुन सक्छ ।
पछिल्लो समयमा उत्तर कोरियाले गर्ने गरेको आणविक परीक्षणको विषय अमेरिकाको लागि सबैभन्दा ठूलो चिन्ताको वषय भएको र उत्तर कोरियाप्रति रुस विगत देखि नै तटस्थ रहँदै आएकोले उहाँहरुका बीचको सम्बन्ध थप सुमधुर बन्ने अनुमान गर्न निकै कठिन रहेको विश्लेषकहरुको भनाई छ ।
जर्मनीको ह्याम्बर्गमा हुन लागेको जि२० को सम्मेलनमा सहभागिताका लागि विश्वका नेताहरु शुक्रबार जर्मनी पुग्ने क्रम सुरु भएको छ । सो सम्मेलनमा चीन, भारत, बेलायत लगायतका देशका नेताहरु पनि सहभागी हुनुहुने छ ।
दुई दिनसम्म सञ्चालन हुने उक्त सहरमा शुक्रबारदेखि सुरु हुन लागेको छ । ह्याम्बर्गबाट प्राप्त समाचारअनुसार विश्वका नेताहरु शुक्रबार त्यहाँ पुग्ने क्रम सुरु भएको बताइएको हो ।
यस संगठनमा विश्वका २० वटा शक्ति सम्पन्न र धनी देश सदस्य रहेका छन् । सम्मेलनमा विशेषगरी विश्वको वर्तमान आर्थिक अवस्था र एजेण्डका बारेमा छलफल हुनेछ ।
विश्वका आर्थिक एजेण्डका बारेमा सो सम्मेलनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ । यस बारेमा जि२० समूहका नेताहरुले विगत लामो समयदेखि नै गृहकार्य गरेका थिए । रासस÷सिन्ह्वा





















