नयाँदिल्ली (भारत) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार इरानको राष्ट्रपतीमा पुनः निर्वाचित हसन रुहानीलाई बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको शुभकामना दिनुभएको सरकारका प्रवक्ताले बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले शनिबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “मेरो साथी रुहानीलाई हृदयदेखि बधाई छ ।” “नयाँ कार्यकालमा इरानले रुहानीको सक्रिय नेतृत्वले नयाँ सफलता चुम्नेछ ।”
रुहानी शनिबार इरानी राष्ट्रपती निर्वाचित हुनुभएको हो । राष्ट्रपतिमा पुनः विजय हासिल गरेपछि रुहानीले निर्वाचन पूर्व र निर्वाचनका समय गरेका बाचा पूरा गर्न दृढसङ्कल्प रहने बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा भारत–इरानबीचको सम्बन्ध थप प्रगाढ पार्न भारतको तर्फबाट आफू प्रतिबद्ध रहेको जनाउनुभएको छ । रासस÷सिन्ह्वा