निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचारसंहिता दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेसम्म यथावत् रहने जनाएको छ ।
आयोगले फागुन १८ गते जारी गरेको ‘स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३’ वैशाख ३१ र जेठ ३१ गते हुने दुवै चरणको निर्वाचनसम्म निरन्तर रहने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
आचारसंहिता कायमै भएको विषयमा कुनै भ्रममा नपर्र्न, आचारसंहिताको पालना गरेर सहयोग गर्न तथा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउनसमेत सरोकारवाला सबैसँग आयोगले आग्रह गरेको छ । आचारसंहिताका विषयमा विभिन्न टीकाटिप्पणी उठिरहेको सन्दर्भमा आयोगले आज प्रेस विज्ञप्ति जारी गरी त्यसबारे स्पष्ट पारेको हो ।