स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा कास्कीका राजनीतिक दल भने योग्य उमेदवार छान्नमा व्यस्त देखिएका छन् ।
जनताको माझमा लोकप्रिय, स्वच्छ छवि र निर्वाचित भएपछि जनताको पक्षमा काम गर्नसक्ने खालका उम्मेदवार छान्ने कसरतमा यहाँका दल लागेका हुन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति कृष्ण केसीले वैशाख २ वा ३ गतेभित्रमा सबै उम्मेदवारको टुङ्गो लगाईसक्ने दाबी गर्नुभयो । उमेदवारका आकांक्षीहरुको नाम सङ्कलन गर्ने काम भइरहेको र जिल्ला कार्यसमितिको बैठकले तीमध्येबाट योग्य उमेदवार छनोट गर्ने उहाँले बताउनुभयो ।
नयाँ संरचना अनुसार जिल्लामा पार्टी सङ्गठन विस्तार गर्दै गरेको एमाले कास्कीका कार्यालय सचिव बैनबहादुर क्षेत्री बताउनुहुन्छ । वडा अध्यक्ष र सदस्यको उम्मेदवारका लागि ३० गतेभित्र सम्बन्धित महानगर तथा गाउँपालिकाका वडाले जिल्लामा सिफारिस गरिसक्ने उहाँले जानकारी गराउनुभयो । वैशाख ४ गते बस्ने सो दलको बैठकले उम्मेदवारको टुङ्गो लगाउने जनाइएको छ ।
नेकपा ९माओवादी केन्द्र०का स्थानीय नेता विश्वप्रकाश लामिछानेले चैत ३१ गतेभित्र महानगर, गाउँपालिका र वडाका उम्मेदवारको टुङ्गो लगाइसक्ने बताउनुभयो । पार्टीले नयाँ संरचनाअनुसार जिल्लाका सबै ठाउँमा सभा,सम्मेलन, बैठक गरिहेको उहाँले जानकारी दिनुभयो ।
“राप्रपा अभियान महिला अग्रस्थान”भन्ने मूलनाराका साथ राप्रपाले महिलालाई विशेष स्थान दिनलागेको पार्टीका जिल्ला अध्यक्ष जयलाल पुनको विचार छ । उहाँका अनुसार राप्रपा अन्य पार्टीसँग तालमेल गर्ने तयारीमा समेत छ । मतदाताको मत आकर्षित गर्न अरु पार्टीले पुरुष उम्मेदवार उठाएका ठाउँमा राप्रपाले महिला उठाएर जित सुनिश्चित गर्ने रणनीतिमा रहेको अध्यक्ष पुनले बताउनुभयो ।
दलहरुका कार्यकर्ता पनि टिकट लिन नेताको घर दैलोमापुग्न थालेको देखिन्छ । केहीले त विभिन्न सञ्चार माध्यमबाट आपूm उठ्ने भनेर प्रचारप्रसार समेत गर्न थालेका छन् ।
नेपालको क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उपप्रमुख जित्न यहाँका प्रमुख दल नेपाली काँग्रेस, एमाले, ९माओवादी केन्द्र० र राप्रपाका नेता दिनहुँजसो बैठक गरिरहेका छन् ।
महानगरपालिकाका ३३ वटा वडा, चार गाउँपालिका र वडाका पद आफनो पक्षमा पार्न सबै दल लागिपरेको देखिन्छ । जिल्लामा सबै पदबाट ३७० जना जनप्रतिनिधि निर्वाचित हुने छन् । जिल्लामा २३ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा पार्टी दर्ता गरेका छन् ।