भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका मलेसियाली समकक्षी नाजिव रजाकबीच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
राजधानी दिल्लीमा रहेको प्रतिष्ठित ‘हाइद्रावाद हाउस’मा शनिबार साँझ भएको भेटका क्रममा दुई देशका प्रतिनिधिबीच पारस्परिक चासोका विभिन्न विषयमा छलफल गर्न र द्विपक्षीय हितका लागि केही सहमतिमा हस्ताक्षरसमेत गर्ने सहमति भएको भारतीय स्रोतले जनाएको छ ।
द्विपक्षीय कुराकानीपछि भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्रीले खाद्य सुरक्षा, परम्परागत औषधि, शैक्षिक आदानप्रदान र आतङ्कवाद विरोधी प्रयासमा दुई देशबीच भएका सहकार्यको प्रशंसा गर्नुभएको थियो ।
मलेसियाली प्रधानमन्त्री यही बिहीबार चेन्नई हुँदै शुक्रबार नयाँदिल्ली आउनुभएको हो । उहाँ आइतबार राजस्थान पुगी त्यहाँका मुख्यमन्त्री वसन्दरा स्किन्डियासँग भेट्नुहुने कार्यक्रम छ । रासस÷सिन्ह्वा