व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन र कुनै पनि बहानाबाजी नगर्न उहाँहरुले आग्रह गर्नुभएको थियो ।
सहमतिका आधारमा गाउँपालिकाको केन्द्र तोकेर पठाइएको भए पनि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आफूखुसी फरक स्थानमा केन्द्र तोकेको भन्दै उहाँहरुले आपत्ति जनाउनुभयो ।
यसरी ध्यानाकर्षण गराउने सांसदमा कृपाराम राना, गुरुप्रसाद बुर्लाकोटी, गौरा कोइराला, गौरी ओली, चन्द्र महर्जन, टीकाराम चेम्जोङलगायत हुनुहुन्थ्यो । रासस