रङहरुको पर्व होलीको सुरुवातकै दिनमा पूर्वी नेपालको सप्तरीमा दुखदायी घटना घट्न पुग्यो । राजनीतिक असमझदारीका कारण रगतको होली खेलियो । सर्व साधारण नेपाली जनतालाई राजनीतिक स्वार्थ पूर्तिका लागि उपयोग गरियो । लोकतान्त्रिक मान्यता अनुसार कुनै पनि स्थानमा कुनै पनि राजनीतिक दलले स्वतन्त्र पूर्वक आफ्नो कार्यक्रम संचालन गर्न पाउनु पर्नेमा त्यसलाई विथोल्न षडयन्त्रपूर्वक योजना बनाइएको कारण त्यहा“ रगतको होली खेलियो । तर अहिले विस्तारै आम नेपालीले त्यस घटनालाई विर्सेर होली पर्वलाई सदभाव् र एकताका रुपमा मनाइरहेका छन् । अहिले चारै तिर होलीको उमङ्ग छाईसकेको छ । विभिन्न किसिमका रङ खेली साथीभाइ एवम् आफन्तमा आत्मीयताको विकास गर्ने रङ्गीन चाड होलीपर्व नेपाल भर चलिरहेको छ ।
धार्मिक मान्यता अनुसार प्रेमका साक्षात्स्वरुप श्रीकृष्णले कंशकी बहिनी पुतनालाई मारेपछि गोपाल र गोपिनीस“ग रङ खेलेर उत्सव मनाइएको स्मरण गर्दै अहिले पनि हर्षोल्लासका साथ फागुपर्व मनाइने गरिएको पाइन्छ । त्यस्तै राक्षसहरुले स्वर्गका देवताहरुलाई पराजित गर्न लागेपछि तिनको रक्षा गर्ने उद्देश्यले देवताहरुको अनुरोधमा कामदेवले तपस्यारत महादेवको निधारमा वाण हान्दा त्रिनेत्रको ज्वालाबाट भष्म भएपछि उनकी श्रीमती रतीको अनुरोधमा पुनः उनीहरुको मिलन भएको दिनका रुपमा पनि यो चाड मनाउन थालिएको बताइएको छ । धार्मिक मान्यता जे सुकै भए पनि आम नेपालीहरुले खुशि र आत्मीयताको लागि होली खेल्ने गरेको बताउ“छन् । तर यही होलीलाई अहिले केही समुहले मनोरन्जनका रुपमा लिने गरेको पाइन्छ । जसलाई विकृतिका रुपमा लिन सकिन्छ ।
विगतका वर्षहरुमा भन्दा अहिले होलीको विकृति कम भए पनि जुन रुपमा होली मनाउनु पर्ने हो त्यो रुपमा मनाउन सकिएको छैन । अहिले जथाभावी लोला हान्ने, रंङमा बिभिन्न किसिमका केमिकल मिसाउने, इच्छा बिपरीत रंङ दल्ने र रङ दल्ने बहानामा महिलाहरुलाई हातपात गर्ने र संम्बेदनशिल अंगहरुमा छुने प्रयास गरेका घटनाहरु बर्षै पिच्छे सार्वजनिक हुने गर्दछन् । त्यस्तै काठमाडौं उपत्यकाका सडकमा पानी भरिएका लोला हान्ने र पानी फाल्ने काम एक साताअघिदेखि सुरु हुने गरेकाले यसले विशेषगरी काम विशेषले हिड्नुपर्ने महिलालाई अप्ठयारो पर्ने गरेको बताइन्छ । तर नेपाल प्रहरीले यस प्रकारका विकृति फैलाउने समुहलाई विगतका दिनमा कारवाही प्रक्रिया अगाडि बढाएका कारण यस वर्ष त्यस्ता विकृतिमा कमी आएको देखिन्छ ।
यस पटक आइतवार उपत्यका लगायतका पहाडी क्षेत्रमा होली पर्व मनाइएको छ भने सोमबार तराईका जिल्लाहरुमा होली पर्व मनाउने गरिन्छ । होली पर्व जहा“ जहिले मनाइएता पनि यसको उद्देश्य रमाइलो गरेर एक आपसमा मिलेर सामाजिक सद्भाव कायम गर्ने हो । आम नेपाली जनताले होली पर्व मनाएर एक आपसमा सद्भाव कायम राखेको बेलामा नेपालका राजनीतिक दलका नेताहरु भने अहिले राजनीतिक मनमुटावमा लागेका छन् । यसले देशको कुनै पनि हालतमा भलो हुने देखिन्न । तसर्थ आम नेपाली जनताले होली मनाइरहेको बेला राजनीतिक दलहरुले पनि आफ्ना सबै स्वार्थ छाडेर देशको निकासका लागि आसन्न स्थानीय निर्वाचनलाई सफल बनाई नेपालको संविधान कार्यन्वयनमा सहयोग पु¥याउने अपेक्षा गर्दै होली मनाउ ।