काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त विधेयक पारित गरेको हो ।
समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकताविहीन व्यक्तिहरूलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले विधेयक सर्वसम्मत पारित गराउन सहयोग गर्ने सम्पूर्ण सांसदहरूलाई धन्यवाद ज्ञापन गरे।
खतिवडाले समितिबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने जानकारीसमेत दिए।