एउटा मासु पसलमा खसीका तीन वटा टाउका राखिएका थिए । सबैको तौल बराबर भए एउटा टाउकाको मूल्य पाँच सय, अर्कोको एक हजार र अर्कोको पन्ध्र सय थियो । एक जना ग्राहकले मूल्यमा यत्रो अन्तर किन भनेर प्रश्न ग¥यो । पसलेको उत्तर दियो– ‘पाँच सय मूल्यको टाउकोमा जिब्रो पनि छैन, गिदी पनि छैन । किनकी यो टाउको शेरबहादुर देउबाको हो । एक हजारवालो टाउकोमा जिब्रो मात्र छ, गिदी छैन । किनकी यो टाउको प्रचण्डको हो । पन्ध्र सय पर्ने टाउकोमा गिदी र जिब्रो दुबै छ । किनकी यो टाउको केपी ओलीको हो ।’
पंचायत कालमा सूर्यबहादुर थापा, कीर्तिनिधि बिष्ट र नगेन्द्रप्रसाद रिजालको ल्याकता जनाउने यस्तै जोक चर्चित थियो । थापासँग गिदी र जिब्रो दुबै छ, बिष्टको जिब्रो छ, गिदी छैन र रिजालको गिदी र जिब्रो दुबै छैन भन्ने भाव जनाउने त्यो जोक आज नयाँ अनुहारमा लागू हुँदैछ । सायद इतिहास दोहरिदैन घटनाहरु दोहरिन्छन् भनेको यही होला ।
यो जोकमा जस्तै ठूला तीन दलका प्रमुखको लोकप्रियता, ल्याकत र देशभक्तिमा रहेको विशाल अन्तरका कारण सत्तारुढ दाहाल–देउबा(दादे)गुट त्रसित छ । मधेसमा जन्मिएको झापा आन्दोलन रुपी शिशुुको युवा रुप दमानिने एमाले मधेस रुपी आमाको गोदमा बसेपछि र एमालेको पक्षमा देशभक्त जनउभार उछालिएपछि कांग्रेस र माओवादी केन्द्र अत्तालिदैछन् । देशमा संवैधानिक संकट निम्त्याउने उनीहरुको नियतले काम पाउने खतरा छ । एमाले अब सरदर पार्टी रहेन । मुख भए मुलुक खाइन्छ । प्रखरताकै वलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवाल जनमत कुम्ल्याउन सफल भए । अब पालो ओली र एमालेको हो । अचेलको विश्व राजनीतिको मूल प्रवृत्ति नै यस्तै छ । प्रखर र स्पष्टवादी नेता नै जनताको रोजाइमा पर्ने गरेका छन् । जनताको यसप्रकारको रोजाईसामु महाशक्तिको अरुचि पनि पराजीत हुने गरेको छ । दिल्ली, विहार र उत्तराखण्डको जनमत जसरी अभिव्यक्त भएको छ, त्यो मोदी प्रशासनको चाहना अनुसारको छैन । भारतमै जनताले मोदीजीवीहरुका सपना ध्वस्त पारिदएको तथ्य र सत्यतिर नेपालका मोदीजीवीको ध्यान पुगेको छैन ।
काम गर्न अल्छी मानेर भिखारी बनेका लाखांै भारतीयको जीवन रक्षा गरे पनि नेपाली जाति विज्ञापन गर्न उचित ठान्दैन । बरु भारतीयले भने जीतबहादुर मगरहरुलाई बालश्रम गराएको तथ्यलाई तोडमरोड गर्न सकेका छन् र नक्कली अनुकम्पामा प्रकाश पारेका छन् । नेपालका सरकार प्रमुख र पार्टी प्रमुखलाई समेत जीतबहादुरकरण गरिदै छ । यो अनौठो रमितामा भारत राजनीतिक चटकेका रुपमा देखा परेको छ भने स्वाभिमानको मेरुदण्ड गुमाएका कांग्रेस र केन्द्र जस्ता पार्टीहरु चटकेले बजाउने डमरुको तालमा नाँच्ने भालुको भूमिकामा उत्रिएका छन् । राजनीति जस्तो आकर्षणको केन्द्रलाई प्रहसन र घृणाको विषय बनाउन सत्तारुढ गठबन्धनले धक मानिरहेको छैन । चटकेले नचाउने गरेका भालुका दाह्रा र नंग्रा उखेलिएका हुन्छन् । अरुको इशारामा नाँच्ने भालु एक हिसाबले हेर्दा रहरलाग्दो हुन्छ किनकी त्यसले नाँचेर रमाइलो पस्कने गर्दछ । त्यस्तो भालु डरलाग्दो पनि हुन्छ किनकी उसको बेहाली र वास्तविकता थाह नपाएकाहरु यसले चिथोर्ला भनेर त्रसिने गर्छन् । त्यो दयालाग्दो पनि हुन्छ किनकी नर्तक भालुले दाह्रा र नंग्रा मात्र होइन आफ्नो मौलिकता र स्वत्व गुमाइसकेको हुन्छ । हाम्रो सत्तारुढ गठवन्धनमा नर्तक भालुका सबैखाले गुणहरु विद्यमान छन् । राजनीतिक शक्तिले डरलाग्दो र रहरलाग्दो चरण पार गरेर दयालाग्दो चरणमा प्रवेश गर्नुको अर्को नाम पतन हो । कुनै बेला पौरखी र जनभक्त भएको जलप लगाएकाले कांग्रेस र केन्द्र जनताको नजरमा डरलाग्दा र रहरलाग्दा थिए । जब संविधान कार्यान्वयनको दौरानमा एमालेसँग मित्रद्रोह र जनताविरुद्ध घात गरेर भारतीय इशारामा नाँच्न थाले तब कांग्रेस र केन्द्र भिरबाट खस्दै गरेको गाई जस्ता राम राम मात्र भन्न सकिने अवस्थामा पुगेका छन् ।
२०७० को चुनावले नै माओवादी केन्द्रलाई मृत घोषणा गरिसकेको थियो । यसले जनताको अनुकम्पाले पुनर्जीवन पाउने संभावनाहरु टरिसकेका छन् । एमालेसँग सिँङ जुधाउने शक्तिहरु राजा, माओवादी र काँग्रेसको कोइराला खेमाले सिँग गुमाइसकेका छन् । अब महंगो मूल्य व्योहोर्नु पर्ने पालो कांग्रेसको देउवा खेमाको हो । एमाले नेतृत्वको देशभक्त मोर्चासामु दलालहरुको सीप नचल्ने निचोडमा पुगेर विदेशी प्रभुले सत्तारुढ गठवन्धनलाई चुनाव टार्न इशारा गरेका छन् । मधेसी मोर्चालाई विश्वासमा लिएर उसको माग वमोजिम १ नम्मर प्रदेश र ७ नम्मर प्रदेशको सीमा हेरफेर गर्ने इमान्दारिता सत्तारुढ गठबन्धनले देखाएन । एमालेसँग मिलेर संविधान निर्माण र घोषणा गरेको सत्यलाई हदयंगम गर्दै निशर्त संविधान कार्यान्वयन गर्ने र चुनावी रथहरु निर्भीकतापूर्वक हाँक्ने सवालमा अझै पनि सत्तारुढ गठवन्धन शंकाकै घरामा छ । किन देउवा र सिटौलालाई कमशः १ नम्मर र ७ नम्मर प्रदेश हिमालदेखि तराईसम्म फैलिएको चाहियो र ५ नम्मर प्रदेशलाई मात्र पटक पटक चिथोर्न जरुरी प¥यो त्यहाँका निर्धा कांग्रेसजनसँग प्रश्न गर्ने जाँगर र आवाज छैन । अझै पनि संविधान कार्यान्वयनको दायित्वबाट च्युत भएर सत्तारुढ दाहाल देउवा (दादे) गुटले आफ्नो लागि मात्र रोजगारी सृजना गर्ने चोरबाटो पव्रिmने खतरा छ ।
लाग्छ सत्तारुढ गुटका अगुवाद्धय दाहाल र देउवाको आविस्कार नै यो देशको विनाशका लागि गरिएको हो । गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्ड एक ठाउँमा आउनु अस्वभाविक थिएन । किनकि द्वन्द्वले विकराल रुप लिएपछि भारतको माना खाएर नेपालीको छाना उडाउने माओवादीलाई गान्धीवादमा विश्वास राख्ने कोइरालाले मुर्खलाई प्रेम गर भन्ने गान्धीवाणी शिरोधार्य गर्दै काखी च्याप्नु अन्यथा थिएन । दाहाल र देउवालाई छुमन्तर प्रयोग गरेर एक ठाउँमा ल्याउने प्रभुत्ववादको हर्कत गृहयुद्धका व्रmममा ज्यान गुमाएका अठार हजार सहदेशवासी माथिको कृतघ्नता र अपराध हो । एकअर्कोलाई हेगमा पु¥याउने र एकअर्कोलाई उपयोग गरेर सत्तामा पुग्ने नेताद्वयको मेलखाने रसायन हो । डडेलधुरा कांग्रेस उचालेर देउवाले दाहालविरुद्ध उजुरी गर्न लगाएको र देउवाविरुद्ध माओवादी कार्यकर्ताको उजुरी परेको सत्य हो । चेसका खेलाडीले गोटी भिडाएर बट्टामा थन्काएझै दाहाल र देउवालाई भिडाउने र मिलाउने गरेर नेपाली जनतालाई महाशक्तिहरु जिस्काइरहेका छन् । चुनाव नगरेर अनन्तकालसम्म जनतामाथि राज गर्ने र महाशक्तिको गुलामी, सलामी र मलामीका लागि भाकाकबोल गर्ने नेताद्वयको भूल जनतालाई भारी पर्दैछ । यो सरकारलाई चुनावबाट भाग्न पाउने छैन । स्ववियु चुनाव भाँड्न सहकारले ताला बन्दीका लागि भिजिलान्ते प्रयोग ग¥यो । यो उसको स्थानीय तहको चुनाव टार्ने नियतको रिहल्सल हुन सक्छ । यदि चुनाव घोषणा नगर्ने हो भने कठटपुतली सरकारलाई कर नतिर्ने र जनआन्दोलनमार्पmत देश ठप्प पार्ने सम्मको तहमा उत्रिएर एमालेले जनतालाई गुहार्नुको विकल्प रहने छैन ।
विश्व राजनीति रंगमंचमा मातृभूमि नेपाल अहिले कुरुसभाकी द्रौपदीको हालतमा छ । देशको चीरहरण भइरहँदा देशकै सबैभन्दा पुरानो र ठूलो पार्टी भनेर घिरौला जत्रो नाक पार्ने नेपाली कांग्रेस धृतराष्ट्रको भूमिकामा रहेर उदासीन बनेको छ । देउवाको भूमिका दुर्योधनको हो भने दाहाल दुशासनको भूमिकामा छन् । लैनचौरस्थित भारतीय दुतावासको भूमिका नेपालका विरुद्ध शकुनीको जस्तो रहेको छ । यस आधुनिक महाभारतमा कृष्णको भूमिकामा संचेत, संगठित, आन्दोलित र देशभक्त जनता जनाद्र्धन छन् र एमाले पाण्डवको भूमिका छ । प्राण हत्केलामा राख्न सक्ने देशभक्त युवापुस्ता अभिमन्युको भूमिकामा छन् । जुन अभिमन्युहरु मर्न डराउँदैनन् तिनै सत्पात्रहरुले भावी पुस्ताको हातमा जीत थमाउने गर्छन् र संभावना बोकेको देशको बागडोर सुम्पिने गर्छन् ।
चीनसंगको पारवहन सन्धी, रेललाइन विस्तार, जनमुखी बजेट, नाकाबन्दीको सामना, भारतको अरुचिका वावजुद संविधानको निमार्ण र घोषणा जस्ता ऐतिहासिक कार्य सम्पादनमा अदितीय देन रहे पनि भारतीय राजदुत रणजीत रेलाई अल्टिमेट दिएर देश छोड्ने आदेश नदिनु ओलीको गम्भीर गल्ती थियो । रेलाई फिर्ता पठाउनु पर्नेमा विचरा दिपकुमार उपाध्याय जस्ता बिचरालाईको चलाउनु दाजुसँग मुकाबिला नगरेर भाउजु कुट्नु जस्तो थियो । जबसम्म एक जना भारतीय राजदुतलाई फिर्ता पठाउने आँटको आपुर्ति नेपाल सरकारले गर्ने छैन तबसम्म चप्पल लगाउदै भेट्न आउने, पान चपाएर भित्तामा थुक्ने, उपखुट्टी हालेर अर्ती दिने, टाँक नमिलाएर हिड्ने कुटनैतिक मर्यादा विपरीतका राजदूतीय सास्ती नेपालका नेताले भोग्नु पर्नेछ । निसन्देह रुपमा भारत संभ्यता र संस्कुतिको धनकुवर देश हो । दुर्भाग्य महामहिम राजदुतहरुले संस्कारमा गरिबी देखाएर नेपाली नेता, भारतीय जनता र सभ्यताको एकैसाथ घज्जी उडाउने गरेका छन् । सत्तारुढ घटक महामहिमलाई मर्यादा सिकारउनुको सट्टा उल्टै इशाराको पालना गर्दे जागिर पचाइरेको छ । मधेसमा जनता जनाद्र्धन राजदूततन्त्रको विपक्षमा उत्रिए पछि कांग्रेस र केन्द्र उखेलिने खतराको घण्टी बजेको छ । अस्तित्व रक्षाको चाह भएका जतिले एमालेसँग मित्रताको हात मिलाउनु र जनता सामू हात उठाउनुुको विकल्प छैन ।