काठमाडाैं । प्रतिनिधि सभामा सरकारले ल्याएको आर्थिक वर्ष (२०८३/८४) को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ ।
सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट टेबुल गरेका छन् । बजेटमाथिको सैद्धान्तिक छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनका लागि यही जेठ १८ र १९ र २० गतेका लागि दिन तोकिएको छ ।
आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ ।



















