कम्बोडियाका राजा नोरोडोम सिहमोनीले पूर्वरानी अर्थात आफ्नी आमा नोरोडोम मोनीनेथलाई लिएर चीनको राजधानी बेइजिङ जानुभएको छ ।
उहाँहरु नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रबार चीन जानुभएको अधिकारीले जानकारी दिएका छन् ।
चीनतर्फको प्रस्थानको क्रममा न्होम पेन अन्तरराष्ट्रिय विमानस्थलमा कम्बोडियाको शाही परिवार, प्रधानमन्त्री सम्डेच टेचो हुन सेन र कम्बोडियाका लागि चीनका राजदुत सिओङ बोसहित उच्चअधिकारी देखिनुभएको थियो ।
बेइजिङ जाने बेलामा कम्बोडियाका जनताका लागि शाही परिवारको तर्फबाट जारी गरिएको सन्देशमा कम्बोडियाका राजा सिहमोनीले आफ्नो स्वास्थ्य परीक्षणका लागि आपूm बेइजिङ जान लागेको उल्लेख गर्नुभएको थियो ।
“मेरो अनुपस्थितिको बेला सिनेटका अध्यक्ष सम्डेच से छुमले कम्बोडियो अधिराज्यको राज्य प्रमुखका रुपमा काम गर्नुहुने छ,” सन्देशमा भनिएको छ ।
उहाँले प्रायःजसो एक वर्षमा दुई पटक चिनियाँ चिकित्सकबाट नियमितिरुपमा आफ्नो स्वास्थ्य परीक्षण गराउने गर्नुहुन्छ । पछिल्लो समय उहाँले गत वर्षको जुलाइमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । रासस÷सिन्ह्वा